शनिग्रह

  The planet Saturn during equinox
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किनकी यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्‌ने हो भने पोखरीमा शनि तैरने छ।
शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाई टाइटन, रिया, , डायोनी, टिथिस, एन्सेलडस, माइमस, हाइपेरियन, फिबी र ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र ज्यानुवरी २००५ मा शनिका नजिकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

आकाशगङ्गा

तारा(Star)

Opportunity Rover Spots Greeley Haven on Mars (2012 Jan 25)